राजनीति

सरकार निर्वाचनको वातावरण विथोल्ने खेलमाः अध्यक्ष ओली



विराटनगर, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकवर्षभित्र तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार निर्वाचनबाट भाग्न खोजेकाले संविधान कार्यान्वयनमा समेत समस्या सिर्जना भएको विचार व्यक्त गरे ।

अध्यक्षले निर्वाचनका लागि ल्याइएको ऐनसमेत सरकारले समितिमा पठाएर निर्वाचनको वातावरण बिथोल्न खोजेको आरोप लगाए।

छोटो समय भएकाले स्थानीय निकायका नाममा नअल्मलिन आग्रह गर्दै अध्क्षयले स्थानीय तहको नै निर्वाचन हुनुपर्ने र तत्काल चुनावको मिति घोषणा हुनुपर्ने माग गरे ।

अध्यक्ष ओलीले दलहरुबीच सहमतिको बिन्दु निर्वाचन मात्रै रहेको भन्दै जसरी भए पनि निर्धारित समयमै निर्वाचन गराउनुपर्ने आवश्यकता पत्रकारहरुसंगको भेटमा गरे ।