कार्तिक ८, भक्तपुर । पातन्जल योग समिति नेपालले देशका विशिष्ट योग विशेषज्ञहरु लगायत सरोकारवाला सङ्गको गहन छ्लफल एवम अन्तरक्रियाबाट निर्धारण गरिएको योग विशेष प्रशिक्षण प्याकेजको भक्तपुरबाट आरम्भ गरेको छ ।
समितिको आह्वान पश्चात् जिल्लाको विभिन्न भूगोलबाट उपस्थित योगप्रेमिहरुका विच तयारी प्याकेजमा प्रशिक्षण गराउने उद्देश्य हेतु आयोजना गरिएको पन्चदिवसिय योग शिविरको शंख ध्वनिका साथ उदघाटन गर्दै योग जिल्ला समन्वय समितिका अध्यक्ष वालमुकुन्द सुवालले सम्पूर्ण यौगिक संघ-सस्थाहरुलाई योगमय भक्तपुर बनाउने तर्फ आफ्ना अभियानहरुलाई केन्द्रित गरि अगाडि बढ्न आग्रह गर्नु भयो ।
पातन्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले अब देशको प्रत्येक कुनामा पातन्जलको उपस्थिती रहने गरि आगामी कार्यक्रम हरु निर्धारण गरिने उल्लेख गर्नुभयो ।
त्यसैगरी पातन्जल योग समिति नेपालका केन्द्रिय महासचिव नवराज काफ्लेले यो सस्थाले योगजागरणका गतिविधि सन्चालन गरिरहँदा विभिन्न तहरतप्का बाट पातन्जल योग समितिमा आवद्ध व्यक्तिहरुलाई डर, त्रास, प्रलोभनका विषयहरुलाई जोडी सस्था माथी प्रहार भैरहेको अवस्थालाई उजगार गर्दै यो सस्थाले लिएको उद्देश्यमा जानकार भए प्रश्चात उहाँहरु पनि हाम्रो अभियानमा सरिक हुने कुरामा विश्वस्त हुँदै विचलित नभै यो राष्ट्रिय अभियान प्रतिबद्ध भै लाग्न सम्पुर्ण योगप्रेमीहरुलाई अपिल गर्नु भएको छ ।
कार्यक्रमकै विच पातन्जल योग समिति नेपालका केन्द्रिय सदस्यरप्रशिक्षण विभाग प्रमुख दिपक प्रसाद नेपाल एवम केन्द्रिय सदस्यरभक्तपुर जिल्ला अध्यक्ष योग प्रसाद आचार्यले पातन्जल योग समिति नेपालद्वारा तयार पारिएको यो विशेष प्रशिक्षण प्याकेजको ५ दिने प्रशिक्षणबाट प्रशिक्षित सहभागीहरुले आफुलाई पूर्ण रुपमा परिवर्तनको अनुभुति हुने विषयमा प्रष्ट पार्दै यो शिविरमा सहभागीताको लागि सम्पूर्ण योगप्रेमिहरुलाई आह्वान गर्नु भएको छ ।
प्रशिक्षण शिविर समापन पश्चात विजयादशमिको अवसरमा सामुहिक टिकाग्रहण गर्दै शुभकामना आदन-प्रदान कार्यक्रम पनि गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्