समाचार

बसले ठक्करले ६ वर्षीय बालकको मृत्यु



कात्तिक  ९, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा बसले ठक्करले एक बालकको मृत्यु भएको छ ।

रुपनी गाउँपालिकाको पाँच किलोमिटर भन्ने ठाउँमा कंकालनी एकेडेमी बोर्डिङ् स्कुलको ना३ख ७३९० नम्बरको बस ठक्करले नगरपालिका-८ का ६ वर्षीय शिवमकुमार यादवको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।