राजनीति

गृहमन्त्री बादलद्वारा विमानस्थलस्थित अध्यागमन कार्यालयको निरीक्षण



कात्तिक ९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको अनुगमन गरेका छन् ।

आज शुक्रबार गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राईसहित विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरेका छन ।

अनुगमनका क्रममा उनले भने ‘विदेशीले नेपाल टेक्नेबित्तिकै हुने उसको फस्ट एक्सपिरियन्स महत्वपूर्ण हुन्छ । पहिलो अनुभव नै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन । साथीहरुलाई पनि नजान सुझाव दिन्छ’ ‘तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुहोस् । ‘

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएको भन्दै उनले  ‘यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी रहेको छ । पहिलो राष्ट्रिय सुरक्षाको जिम्मेवारी, दोस्रो देशको अर्थतन्त्रको विकासको जिम्मेवारी र तेस्रो मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।