राजनीति

राप्रपाले संविधान संशोधन विधेयकको पक्षमा भोट नहाल्ने



काठमाण्डौ,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका पक्षमा भोट नहाल्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले विधेयकलाई यथास्थितिमा राखी संसद्मा रहेका सबै दलहरुका बीचमा नयाँ समझदारी कायम गर्न माग गरेको छ । त्यसतर्फ प्रमुख राजनीतिक दलहरुले गम्भीर ध्यान नदिएको भन्दै राप्रपाले यथास्थितिमा नै विधेयक अघि बढाउने प्रयास भए त्यसमा असहयोग गर्ने प्रष्ट उल्लेख गरेको छ ।

‘यथास्थितिमा विधेयक अघि बढाउँदा सो विधेयक पारित हुन नसक्ने र त्यसको परिणाम राजनीतिक रुपमा प्रत्युत्मादक हुने अवश्यंभावी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाले त्यसबाट उत्पन्न हुने परिस्थितिले चुनावको वातावरण समेत धमिलिने हुँदा विधेयकलाई निर्णायक अवस्थामा पु¥याउनु अघि सवै पक्षका वीचमा समझदारी कायम गर्नु पर्ने जोड दिएको छ ।