Banner News

भक्तपुरमा अन्तर्राष्ट्रिय सभागृह तथा एकिकृत सहरी बस्ती निर्माण प्रकृया अघि बढ्यो



कार्तिक १०, काठमाडौँ । सरकारले भक्तपुरमा अन्त्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सभागृह तथा एकिकृत सहरी बस्ती निर्माण प्रकृया अघि बढेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइको आयोजनामा आज प्राधिकरणको कार्यालय काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो । उक्त भेलाले अत्याधुनिक तथा सुविधासम्पन्न सभागृह तथा एकिकृत बस्ती निर्माण प्रकृया तिव्र गतिमा अघि बढाउने निश्कर्ष निकालेको हो ।

भक्तपुर जिल्लाको गठ्ठाघर स्थित नागरिक उड्ययन प्राधिकरणको एक सय ८९ रोपनी जग्गामा पाँच हजार क्षमताको सभागृह निर्माण गर्न प्रतिस्पर्धाबाट डिजाइन गराई अशुबर्मा कालिन एतिहासिक कैलाशकुट भवन सम्झाउने खालको अत्याधुनिक सभागृह यसै बर्ष टेण्डर गरी निर्माण सुरु गर्ने महानिर्देशक मणिराम गेलालले बताउनुभयो ।

विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण क्षेत्रलाई स्थानिय जनताको आर्थिक सामाजिक स्तर विकास गर्दै कला र संस्कृतिको संरक्षण गर्दै भौतिक पुर्वाधार सहितको बस्तीलाई व्यवस्थित निर्माण गर्न ३ अर्ब रकम प्रस्ताब गरिने आयोजना कार्यान्वयन इकाइका प्रमुख नवराज प्याकुरेलले बताउनुभयो ।

त्यस्तै मध्यपुर थिमीको साँस्कृतिक शहरलाई सम्पदा बस्ती घोषणा गरी कला र संस्कृति सम्बद्र्धन गर्दै ब्यापक पुर्वाधार बिकास गरी मध्यपुर, चाँगुनारायण र सूर्यविनायकलाई सघण सहरी विकास कार्यक्रम संचालन गर्न १ अर्व बजेट प्रस्ताव गर्ने तयारी भवन विभाग र पुनःनिर्माण प्राधिकरणले गरेको सूर्यविनायक नगर भित्र सम्पदा बस्ति, सांस्कृतिक सम्पदा र भौतिक पूर्वाधार निर्माणमा १ अर्व बजेट प्रस्ताव गरेको कुरा पूनःनिर्माण आयोजना कार्यान्वयन विभाग योजना निर्देशक राजु न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद महेश बस्नेतले मध्यपुर ठिमी नगरपालिका भित्रको बालकुमारी चपाचो, नगदेश, बोडे र निलवाराही क्षेत्रलाई सम्पदा बस्ति घोषणा गरी बस्ति व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गर्न र यि क्षेत्रहरुमा आर्थिक, सामाजिक रुपान्तरण सहित रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

व्यवस्थित सहरी विकाससँग सँगै उज्यालो, सुरक्षित, सुन्दर तथा जाममुक्त भक्तपुर बनाउने अभियान समेत साथ साथै लौजाने सांसद बस्नेतले बताउनुभयो । उहाँले सडक सञ्जालको विस्तार र विकास गर्न ठूला तथा साना गरी दर्जनौं सडक तथा नदीको करिडोरका आयोजनाहरु निर्माणको प्रकृयामा रहेकाले आफ्नो कार्यकाल भित्रमा नै एक वडा एक मुल सडक निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा एकिकृत सहरी बस्ति निर्माण गर्न मध्यपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका क्षेत्रलाई सघन सहरी विकास कार्यक्रम अन्तरगत समावेश गरी सडक, खानेपानी, ढल लगायत पूर्वाधारहरुका कामहरु गर्न करिव पाँच अर्व बजेट व्यवस्थापन गर्न आ–आफ्नो तर्फबाट विशेष पहल गर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक झपर सिंह विश्वकर्मा, आयोजना उपप्रमुख राजु न्यौपाने, मध्यपुर नगरपालिकाका उपप्रमुख अन्जना मधिकर्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तपुर अध्यक्ष बचन देउजा, शहरी आयोजना विज्ञ ओम धरानन्द राज उपाध्याय तथा योगेश श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।