शरद ऋतु सङ्गै नेपालमा ठुला चाडपर्वले पाहिला राख्दछ । बिशेश गरि दशै तिहार छ्ठ जस्ता ठुला चाडपर्बले एक छुट्टै रौनक ल्याएको हुन्छ । घरआगनमा फुलेका फूलहरु खेतवारि र आलिमा झुलेका धान कोदो जस्ता अन्नले बाताबरण लाई मनमोहक बनाएको हुन्छ । यो समय ब्यस्त समय शारणिलाई मिलाउदै मानिसहरु आफुलाई स्वतन्त्र राख्न खोज्नुका aसाथै रमाउने र खानपिन गर्ने गर्दछन ।
नेपालको परिपेक्षमा हेर्दा विभिन्न जातजाती धर्म सस्कृति अनुसार फरक फरक चाडपर्ब रहेको कुरा अबगतै छ । प्रत्यक चाडपर्व मनाउने तरिका पनि फरक फरक छ । प्रत्यक चाडबर्वहरु स्वास्थ सङ्ग प्रत्यक्ष सरोकार राख्ने गर्दैछन । यी चाडपर्वमा व्रत बस्ने, चिल्लो पिरो , माछामासु, मदिरा सेबन गर्ने कार्यले बढुवा पाउछ भने जुवा तास लङ्गुर गुर्जा जस्ता खेलहरु ह्वातै बढ्छन । चङ्गा उडाउने, पिङ्ग खेल्ने, पटका पडकाउने जास्ता कार्यले जरो गाड्दछ । यी प्रत्यक कार्यहरु प्रत्यक्ष होस या अप्रत्यक्ष स्वास्थ सङ्ग सहजै र सजिलै प्रभाब पार्दछन। यसरी चाड पर्बले स्वास्थका बिभिन्न क्षेत्रहरुलाई प्रभाब पार्दछ र रमाईलो र सुखमय तरिकाले बनाउन खोजिएको पर्वले पिडा बोक्दछ । समयमै ख्याल नगरिएको खण्डमा स्वास्थयका निम्न क्षेत्रहरुमा असर पर्न सक्दछ ।
१) ब्यत्क्तीगत स्वास्थ
२) बाताबरणिय र सामाजिक स्वास्थ
१) ब्यक्तिगत स्वास्थ्य :
मानिसको सबै भन्दा ठूलो कुरो भनेकै उस्को ब्यक्तिगत स्वास्थ हो । चाडपर्वको समयमा मानिसले गर्ने साना गल्तीका कारण उस्को ब्यक्तिगत स्वास्थमा समस्य आउदछ । खानपिन मा बिषेश ध्यान नदिदा साथै रमाईलो गर्न प्रयोग गरिने खेल हरुले उल्टो नियती ल्याउदछ ।
माछा मासु, चिल्लो पिरो , मदिरा सेबन बढी गर्नाले पेटको समस्या देखिनुका साथै जिउ आलस्य हुने समस्या आउदछ । जुवा तास जास्ता खेलहरु बढि खेल्नाले आर्थिक नोक्सानी भै मानासिक तथा परिवारिक समस्याले ग्रसित बनाउदछ र चाडपर्वको रौनक उडाउदछ ।
चङ्गा उडाउने, पिङ्ग खेल्ने, पटका पड्काउने कार्यमा सावधानी नपुर्याइएको खण्डमा पटका पड्किएए , लडेर चोटपटक लाग्नुका साथै अङ्ग भङ्ग हुने ज्यानै जाने समस्या आउन सक्दछ । घरमा उज्यालो बनाउनका लागि प्रयोग गरिने बिधुतिय उपकरण को अनुचित प्रयोगले करेन्ट लाग्ने , सब सर्किट खराबी भै आगलागी हुने सम्भावना रहन्छ । जस्ले गर्दा चाडपर्व को रौनक हराई मानसिक र शारीरिक समस्या बढ्दछ ।
२) सामाजिक तथा बाताबरणिय स्वास्थ :
मानिस आफू जिउनका लागि उस्को आबस्यक ठाउँ भनेकै बाताबरण र समाज हो । चाडपर्व को समयमा मानिस यी दुबै कुरा सङ्ग प्रत्यक्ष रहन्छ । यो समयमा मानिसले चाडपर्वको रौनक उठाउने मनासयले सामाजिक तथा बाताबरणिय स्वास्थमा प्रभाब पार्दछ । जाड रक्सी खाएर होहल्ला गर्ने ,झागडा गर्ने जस्ता कार्यले सामाजिक समस्या पनि बढाउदछ ।
घरहरु रङ्गरोगन गर्ने आगन सफा गर्नेक्रमा निस्किएको फोहरको उचित बिसर्जन गर्न नसिकिएको खण्डमा बाताबरण फोहर हुने, पानीका मुहानहरु फोहोर हुने समस्या आउदछ । पटका पड्काउने जस्ता कार्यले ध्वनी प्रदुषण हुनुका साथै बाताबरणि प्रदुषण बढ्दछ । बलि दिएको खसी बोका रागाको उचित ब्यबस्थापन नसकेको खण्डमा गनाउने, खराब मासुको सेबनले स्वास्थ समस्या आउने हुन सक्दछ । जुवा तास जस्ता खेल खेल्दा झै झगडा हुन गै सामाजिक समस्या उत्पन्न हुन सक्दछ । जस्ले गर्दा चाडपर्बको रौनक हराउन सक्दछ।
चाडपर्वको रौनकलाई कायम राख्नका लागि ब्यक्तिगत र बाताबरणिय स्वास्थलाई मध्यनजर गर्दै परिवार र साथी भाइ सङ्ग रमाइलो गरेर चाड्पर्व लाई खुशिका साथ मनाउनु पर्द्छ । आबस्यकता भन्दा बढी खर्च गर्दा ऋण बढ्नुका साथै परिवारिक समस्या आउदछ । तर्सथ ब्यक्तिगत र बाताबरणिय स्वास्थ लाई आत्मसात गर्दै चाडपर्व मनाउनु पर्द्छ । चाडपर्वको समयमा मानसिक तनाब नलिई शारीरिक समस्या आउन नदिई खुखद समय ब्यतित गर्नु पर्दछ ।
के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत
प्रतिक्रिया दिनुहोस्