समाचार

पत्नी हत्यापछि फरार युवक पोखरामा पक्राउ



कात्तिक ११, काठमाडौं ।  पत्नी हत्या गरी फरार  युवकलाई पोखराबाट  प्रहरीले पक्राउ गरेको छ ।

खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ बर्सिया अनिल परियारलाई महानगरीयअपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेर फरार  भएका थिए ।