कार्तिक ११, एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ ।
बीबीसीका अनुसार प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीहरूमा भारतले बाँध बनाउन लागेको भन्दै उसका टेलिभिजन च्यानलहरूमाथिको प्रतिबन्ध मुनासिब भएको बताएका छन ।
सन् १९६५ मा भारत–पाकिस्तानबीच भएको युद्धपछि पाकिस्तानले पहिलो पटक भारतीय चलचित्रहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्