कात्तिक १२, विराटनगर । प्रदेश १ सरकारले बहुप्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया सुरु गरेको छ ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक विधेयक निर्माणका लागि समाजिक विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको जनाएको छ ।
मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको बाटो खुलेको छ ।
मन्त्रालयका अनुसार मनमोहन पोलिटेक्निकलाई यो चालु आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न साढे २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पोलिटेक्निकमा डिप्लोमा इन इन्जिनियरिङअन्तर्गतका सिभल, मेकानिकल, इलेक्टि्रकल र इलेक्ट्रोनिक्स विषयमा पढाइ भइरहेको छ ।प्रदेश सरकार मातहतमा आएसँगै सो बहुप्राविधिक शिक्षालयमा कृषि, भेटरीनरी, हेल्थ र इन्जिनियरिङ कक्षा सञ्चालनको तयारी छ ।










प्रतिक्रिया दिनुहोस्