समाचार

गौचन हत्या प्रकरण : भारतको सिक्किमबाट ३ जना पक्राउ



कात्तिक १२, काठमाडौं । व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य सुटरसहित ३ जनालाई भारतको सिक्किमबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् । पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।

गौचनकाे काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।