कार्तिक १४, एजेन्सी । बलिउडकी चर्चित नायीका मलाइका अरोडाले अहिले चलिरहेको ‘मि टु’ अभियानलाई परिवर्तन भन्दा हल्ला बढी भएको बताएकी छिन
उनले भारतीय मिडियासँग कुरा गर्दै भनिन ‘मलाई यो अभियानले त्यस्तो परिवर्तन आएको छ भन्ने लाग्दैन । मैले मानिसहरुको कुरा सुनिरहेको छु । मानिसहरु यसबाट परिवर्तन चाहने भन्दा पनि हल्ला बढि गरिरहेका छन् ।’ यदि हामी मनोरञ्जन दुनियाँको कुरा गर्दैछौ भने यहाँ धेरै कुरा देखिएको छ । मानिसहरु कुरा त गरिरहेका छन् । तर, यो अभियान सफल बनाउनका लागि मानिसहरुको सोचमा परिवर्तन आवश्यक छ । यो परिवर्तन रातारात हुन्छ भन्ने मलाई लाग्दैनँ ।’
बलिउडमा यतिबेला ‘मि टु’ अभियान चलिरहेको छ । १० बर्ष अगाडि एउटा चलचित्रको छायांकनको क्रममा नायक नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुख खोलेपछि अन्य केही नायिकाहरु पनि यो बिषयमा अगाडि सरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्