कार्तिक १५, काठमाडौं । ललितपुरको जावलाखेल खेल मैदानमा आज बिहीबारबाट गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।
प्रदेश सरकार, प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका छन ।
मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।
वर्षको प्रतियोगितामा विजेता नर्सरीहरुको समेत घोषणा गरिएको छ । जसमा समझना नर्सरी पहिलो, टीटीआर कंलगामुखी दोस्रो तथा अजिमा नर्सरी तेस्रो भएका छन् । कार्यक्रममा ५ वटा नर्सरी उत्कृष्ठमा परेको समेत घोषणा गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्