विश्व

फिफाद्वारा घाना फुटबल संघका पूर्व अध्यक्षलाई भ्रष्टाचारकाे अाराेपमा आजिवन प्रतिबन्ध



कार्तिक १५, एजेन्सी घाना फुटबल संघका पूर्व अध्यक्ष क्वेसी न्यान्ताकीलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले घुस लिएको र भ्रष्टाचार गरेको भन्दै आजिवन प्रतिबन्ध लगाएको छ ।

फिफाले उनलाई पाँच लाख अमेरिकी डलर जरिवाना समेत गराएको छ । उनी अफ्रिकन फुटबल महासंघका उपाध्यक्ष र फिफा काउन्सिलका सदस्यपनि थिए ।

बीबीसीको अनुसन्धान विभागको टोलीले दिएको ६५ हजार पाउण्ड लिएपछि उनको आचरणको विषयमा फिफाले अनुशन्धान गरेको थियो ।