राजनीति

राउत सहित पाँच जनालाई थप १५ दिन थुनामा राख्न आदेश



कात्तिक १६, रौतहट । जिल्ला अदालत रौतहटले आज स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत सहित पाँच जनालाई राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासपछिको फैसला अनुसार उनीहरुलाई उक्त आदेश दिएको हो ।

राउतसँगै जिल्ला संयोजक अशोक सिंह, जयप्रकाशकुमार साह, वीरेन्द्र दास, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् । सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ ।