विश्व

बिल गेट्सलाई उछिन्दै यसरी बन्दैछन पुटिन विश्वकै धनी !



मस्को, १६ फागुन । माइक्रोसफ्टका बिल गेट्सलाई तपाई विश्वकै धनी व्यक्तिहुन भन्दै आउनु भएको छ भने अब बिचार गर्ने पर्ने समय आएको छ ।

फोब्र्सको सूचीमा समावेश नभएपनि उनी भन्दा धनी मानिस रुसी राष्ट्रपति भ्लादिमर पुटिनहुन सक्ने विज्ञहरुले बताएका छन् ।

विज्ञहरुका अनुसार उनीसँग २०० अर्ब डलरको सम्पत्ति छ । फोब्र्सका अनुसार आधिकारिक रुपमा माइक्रोसफ्टका बिल गेट्स विश्वकै धनी हुन् । उनीसँग ७५ अर्ब डलरको सम्पत्ति छ । दुई दशकको अवधिसम्म सत्ताम रहेका पुटिन विश्वकै धनी भएको बताइएको छ ।

राजनीतिक विश्लेषक स्ट्यानस्लाभ बेल्कोभिस्कीका अनुसार २००७ मा ६४ वर्षिय पुटिनको सम्पत्ति ४० अर्ब डलर थियो । रुसका पूर्व कोष व्यवस्थापक तथा प्रतिवेदनका लेखक बिल ब्राउडरका अनुसार पुटिनको सम्पत्ति २०० अर्ब डलर वा सो भन्दा माथि छ । दुई दशकको अवधिमा रुसको बागडोर सम्हाल्दै आएका पुटिनले आफ्नो कार्यकालमा सम्पत्ति पनि थुपारेको उनले बताए ।

‘मलाई पुटिनको सम्पत्ति २०० अर्ब डलर भएको विश्वास छ । सत्तामा रहदाको समयमा उनले जोडेको सम्पत्ति र पैसाको परिमाण विद्यालय, सडक, अस्पताल वा यस्तै यस्तै शीर्षकमा खर्च गरिएको छैन् । उनको सबै सम्पत्ति सम्पत्ति, स्वीस बैंकको खाता, सेयर, हेज फन्ड वा यस्तै यस्तैमा लगानी भएको छ,’ ब्राउडरले बताए ।

उनी अझैसम्म पनि फोब्र्सको विश्वकै धनी मासिनमा आउनबाट छल्न सफल भएका छन् । ‘हामी व्यक्तिगत सम्पित्तिको मूल्यांकन गर्छौ, यसमा सार्वजनिक र निजी कम्पनीमा रहेको हिस्सा रियल ईस्टेट, जहाज लगायतका सामग्रीलाई पनि समावेश गरिएको छ ।

बेल्कोभ्सकीले पुटिनको धेरैजसो सम्पत्ति उनले तेलको व्यवसायबाट आर्जन गर्दै आएका छन् । रुसी राष्ट्रपतिले तेल कम्पनी सर्गुटनेफ्टेजको ३७ प्रतिशश हिस्सा लिएका छन् । उनले प्राकृतिक ग्यास कम्पनी गाजप्रोममा पनि ४।५ प्रतिशतको हिस्सा ओगटेका छन् ।

सुरुमा पुटिनको सम्पत्ति ४० अर्ब डलरको भएप नि बेल्कोभ्स्कीले उनको सम्पत्ति ७० अर्ब डलर भएको बताएका थिए । उनले विश्वस्त स्रोतको आधारमा पुटिनको सम्पत्ति ७० अर्ब डलर भएको आकलन गरेका हुन् ।

७० अर्ब डलरको सम्पत्ति भएपनि उनी फोब्र्सको सूचीमा बिल गेट्सपछिको दोस्रो धनी मानिस हुन सक्छन् । पुटिनको ओलम्पिया नाम गरेको जहाजको मूल्य तीन करोड ५० लाख डलर रहेको छ ।