कात्तिक १७, काठमाडौं । तालिबान लडाकुको ‘गडफादर’ मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ ।
जमियत उलेमा ए-इस्लामकाको शाखा प्रमुख समेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो । उनी घरमा एक्लै भएको बेला अज्ञात समूहले छुरा प्रहार गरी हत्या गरेको रावलपिन्डी प्रहरीले जनाएको छ ।
बीबीसीका अनुसार निकै प्रभावशाली मानिने धर्मगुरु मौलाना समी उल हकको हत्या निकै संवेदनशील समयमा भएको जनाएको छ । मौलाना समी उल हक पनि प्रदर्शनमा सहभागी हुन चाहन्थे तर प्रहरीले बाटो बन्द गरिदिएपछि उनी आफ्नो घरमा फर्किएका थिए ।
मौलाना समी उल हकको जन्म १९३६ मा अकोरा खट्टाकको एक धार्मिक परिवारमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्