कार्तिक १७, झापा । गौरीगञ्ज गाउँपालिका–६का ५० वर्षीय चैतु ताजपुरिया बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
१७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनी पाँच महीनाकी गर्भवती भएको बताइएको छ । युवतीको स्वास्थ्य परीक्षणका लागि आजै मेची अञ्चल अस्पताल पठाइने प्रहरी प्रमुख पौडेलले बताउनुभयो ।
ताजपुरियालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्