सम्पादकीय

अझै तलब नपाउँदा कर्मचारीको घर-व्यवहारमा समस्या



संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् । आजको कान्तिपुरले समाचार छापेको छ ।

दसैं तिहारमा समेत तलब नपाउँदा घर-व्यवहारमै समसया आएको कर्मचारीले बताएका छन् । वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए ।