कात्तिक १९, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रशासनले राति १० वजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ ।
निर्णय विपरित देउसी–भैलो खेलिए कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । त्यस्तै प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोग निषेध गरिएको जनाएको छ ।
तिहारलाई लक्षित गरी लुकिछिपी ल्याइएको प्रज्जवलनशील पदार्थ बरामद गरिने तथा ओसार–पसारमा सम्लग्नलाई कानून बमोजिक कारबाही हुने प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अहिलेसम्म प्रज्जवलनशील बस्तुको ओसार–पसारमा सम्लग्न १२ जनालाई नियन्त्रणमा लिइएको पनि जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्