राजनीति

प्राधिकरणद्वारा तिहारमा कार्यस्थल नछाड्न कर्मचारीलाई निर्देशन



कात्तिक १९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा उत्पादन केन्द्र र साइट नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ ।

चाडपर्वमा विद्युत केन्द्रहरुको अहम भूमिका हुने भएकाले प्राधिकरणले निर्देशन दिएको हो । उक्त निर्देशनमा आफ्नो केन्द्रबाट हुने विद्युत् उत्पादन, सञ्चालन र सम्भार हरेक गतिविधिमा जिम्मेवार, जवाफदेही र संवेदनशील भएर पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन भनिएको छ ।

प्राधिकरणले लक्ष्मी पुजाको दिन लाइन नकाट्ने योजना बनाएको छ । प्राधिकरणले विजुली सम्बन्धी कुनै समस्या आए निमित्तको नभएर सम्बन्धित केन्द्र तथा शाखा प्रमुख नै जिम्मेवार हुने र उनीहरुसँगै प्राधिकरणले सीधा सम्पर्क र छलफल गर्ने गरी उपलब्ध हुनुपर्ने गरी तयार गर्न निर्देशन दिइएको छ ।