कार्तिक १९, काठमाडौं । तिहारमा भाइटिकाको दिन चेलीले माइतीलाई उपहार दिने चलन रहेको छ ।
माइतीलाई चेलिले किन उपहार ढाका टोपी दिइन्छ ? भन्ने अर्थमा टोपी, तिहारको भाइटिकामा दिदी वहिनीले दाजुभाईको शिरमा ढाकाटोपी लगाइदिने चलन छ । टोपी जस्तै दाजुभाईको सिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देश सहित ढाका टोपी उपहार दिइन्छ ।
टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध पनिछ। हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ । यो हाम्रो आफ्नै उत्पादन, रचना र आस्थाको प्रतिक हो ।
भाइटिकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यहि कारण टोपी पहिर्याइदिने गरिन्छ । ढाका टोपी दाउरा सुरुवालका साथमा लगाइने गरिन्छ । ढाका टोपी नेपालीहरुको राष्ट्रिय पोशाक पनि हो ।
प्रतिक्रिया दिनुहोस्