रोचक

इराकमा २२ वर्षे युवकले खोले बिरालो होटेल



कार्तिक २१, एजेंसी । भेटेरिनरी विषय अध्ययनरत २२ वर्षीय विद्यार्थीले घरमा बिरालोका होटेल खोलेका छन् ।

अहमद तारेक मक्की नाम गरेका विद्यार्थीले खोलेका  होटेलमा  बिरालो राख्नका लागि एक रातको चार डलर मूल्य तिर्नुपर्दछ ।

बिरालो होटेलमा बिरालोहरुका लागि हरेक खालका सुख सुविधा उपलब्ध छन् । नरम ओछ्यान तथा मनपर्ने खानेकुरा देखि औषधि उपचारसम्म । बिरालोहरु खेल्नका लागि खेल मैदान,   एसीको व्यवस्था, घाँसे चौरमा खेल्ने सुविधा आदि रहेका छन ।

बिरालो होटेल खुलेपछि त्यहाँका पशुप्रेमीहरु खुसी छन् । सो  होटलमा कुकुर र पंक्षीहरुका लागि पनि सेवाको व्यवस्था सुरु गरिने बताइएको छ ।