राजनीति

समृद्धिका लागि तीनवटै सरकारको सहयोग, सहकार्य : अध्यक्ष प्रचण्ड



कात्तिक २१, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकारको सहयोग र सहकार्य अनिवार्य रहेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउनुभयो ।

प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताउँदै जनताले अनुभूति गर्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो ।