रोचक

जहाँ सुतेको पनि कर्मचारीले तलब पाउँछ



कार्तिक २५, एजेंसी। जापानको एक कम्पनीमा कर्मचारीले सुतेको पनि तलब पाउँदछन् ।

जापानको क्रेजी इंक कम्पनीले आफ्ना  कर्मचारीलाई  सुतेको पैसा दिने गर्दछ । कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् ।

उक्त कम्पनीले एयरवेय नामक एप पनि तयार गरेको छ । जसले कर्मचारीको हरेक दिनको निद्राको मापन गर्दछ । जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आराम नपुगेर स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

तेसैले उक्त कम्पनीले कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् भनेर यस्तो नियम लागु गरेको जनाएको छ ।