कात्तिक २६, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सर पीडित मन्त्री कुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको भन्दै उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्