अर्थ

रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको आजको मूल्य



कार्तिक २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ४७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २३ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ ।