कात्तिक २७, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली ३ किलो मिटर भुईँमा घस्रेर छठ पुजा गर्दैछन् ।
मेयर पराजुली भुईँमा घस्रेर ३ किलो मिटरको दुरी पार गरी करिब ४ घण्टाको अबधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन् ।
मेयर पराजुलीले १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् । पराजुलीलाई उनका भतिजाहरु प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् ।
नगरबासीको सुख, शान्ति र समृद्धिको कामनासहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले बताएका छन ।










प्रतिक्रिया दिनुहोस्