कार्तिक २८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ गए राति सडक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
गोरखा सिरनचोकका ७० वर्षीया मोतीसरा भुजेलको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ ।
बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएकी थिइन।










प्रतिक्रिया दिनुहोस्