कात्तिक २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका पर्यटन तथा संस्कृतिमन्त्री लु सुगाङसंगको भेटवार्ता भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा चीनका पर्यटन मन्त्री सुगाङ र संगको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताएका छन ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौदेखिको सम्बन्ध भन्दै हामी एउटै हिमालको वारिपारि बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं । हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’










प्रतिक्रिया दिनुहोस्