विश्व

रसियाको कामचत्का प्रायःद्वीपमा भूकम्प



कार्तिक २९, एजेंसी । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।

केन्द्रविन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो भने  भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त नभएको जनाएको छ  ।