कात्तिक २९, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ ।
आज बिहीबारको संसद बैठकमा संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको जनाएको छ ।
राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि झडप सुरु भएको हो । ३० भन्दा बढी सांसदहरु आपसमा भिडेका थिए । तीमध्ये केही सांसद कुटपिटबाट भुइँमा समेत ढलेका थिए ।
राजापाक्षे समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदिले हिर्काएका थिए ।
प्रतिक्रिया दिनुहोस्