समाचार

भारतबाट भन्सार छली ल्याइएको सामानसहित १ जना पक्राउ



कार्तिक ३०, बुटवल । भारतबाट भन्सार छली नेपाल ल्याइएको सामान सहित प्रहरीले १ जनालाई पक्राऊ गरेको छ ।

बर्दघाट नगरपालिका–४, त्रिवेणीचोकमा चेकजाँच गर्ने क्रममा ६ लाख ४९ हजार भन्सार मूल्य बराबरको सामानसहित वशिष्ठ थारुलाई  पक्राऊ गरेको प्रहरीले जनाएको छ।

बरामद गरिएका वस्तु टेन्टलगायतका सामान प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीलाई जिम्मा लगाएको छ ।