कार्तिक ३०, एजेंसी । विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको जनाएको छ ।
अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेको विकिलिक्सले जनाएका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन ।
विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्ज विरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताएका छन । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्