सम्पादकीय

किन दुःखी छन् खिलराज रेग्मी ?



काठमाडौं, ५ माघ । दोस्रो संविधानसभाको निर्वाचन गर्न गठन गरिएको अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पछिल्लो समय आफूलाई लगाउने गरिएको विभिन्न आरोपका बारेमा दुख व्यक्त गरेका छन् ।

पछिल्लो समय आफूमाथि विभिन्न लाञ्छना लगाएको भनी उनले तत्कालिन अवस्थामा आफूहरुले गरेको निर्णयमा कुनै विवाद नआएको र भ्रष्टाचार पनि नियन्त्रणमा आएको बताए ।

उनले भने ‘चुनौतीपूर्ण अवस्थामा संविधानसभाको निर्वाचन सम्पन्न गरी राजनीतिक र संवैधानिक जटिलतालाई सहज अवतरण गरेको योगदानलाई सम्झिनु त कता हो कता‘? उल्टै पद लोलुप भएको, आर्थिक प्रलोभनमा परेको जस्ता लाञ्छनायुक्त टिप्पणी हुन अत्यन्त निन्दनीय कुरा हो ।’ नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।