सम्पादकीय

सबै विश्वविद्यालयले बैशाखभित्र प्रतिवेदन बुझाउनैपर्ने



सबै विश्वविद्यालयले प्रत्येक वर्षको बैशाखभित्र विश्वविद्यालयको सम्वन्धित सरकारलाई प्रतिवेदन पेश गर्नुपर्ने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

अब केन्द्रीय विश्वविद्यालयले संघीय र प्रादेशिक विश्वविद्यालयले मुख्यमन्त्रीमार्फत प्रदेश सरकारको सम्बन्धीत समितिमा प्रतिवेदन बुझाउनुपर्ने भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको संघिय शिक्षा ऐनको प्रस्तावमा नेपाल सरकार वा प्रदेश सरकारको पूर्ण वा अधिकांश अनुदानबमोजिम सञ्चालन भएको केन्द्रीयस्तरको विश्वविद्यालय भए संघीय शिक्षा मन्त्री र प्रदेश स्तरको विश्वविद्यालय भए मुख्यमन्त्रीमार्फत क्रमशः प्रतिनिधिसभा र प्रदेश सरकारको सम्बन्धित समितिमा प्रत्येक वर्षको वैशाखभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।