समाचार

त्रिविका पूर्व शिक्षाध्यक्ष मल्लको ८४ बर्षको उमेरमा निधन



काठमाडौं २, मंसिर ।  त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको ८४ बर्षको उमेरमा निधन भएको छ ।

पार्किन्सन्स रोगबाट पिडित मल्लको अमेरिकामा उपचार गराइरहेको अबस्थामा शनिबार राति निधन भएको उनको पारिवारले जनाएको छ ।

पूर्व शिक्षाध्यक्ष मल्ल भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन र लेखक हुन।