समाचार

सोमबार सार्वजनिक बिदा



काठमाडौँ, २, मंसिर  ।  भोली सोमबार हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन मंसिर ३ गते सिन्धुलीको दूधौली नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

दनुवा समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई हरिबोधनी अर्थात बड्की एकादशीका रुपमा विशेष पर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जनाएका छन ।

नगरपालिकामा बसोवास गर्ने बहुसङ्ख्यक आदिवासी दनुवार जातीको विशेष पर्व भएको र नगरकार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको बताइएको छ।