समाचार

नेपाल प्रहरीको ‘निःशुल्क एसएमएस सेवा’ सुरु



काठमाडौं, २ मंसिर । नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ संचालनमा ल्याएको छ ।

१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार कार्यक्रम गरी सेवाको शुभारम्भ गरेको जनाएको छ ।

अपराध नियन्त्रणका लागि नागरिकको सूचना लिनलाई सहज बनाउन नेपाल प्रहरीले आइतबारबाट निःशुल्क एसएमएस सेवा’ पनि संचालनमा ल्याएको हो ।

नेपाल प्रहरीको टोल फ्री नम्बर सयमा नै एसएसएस पठाउँदा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले सो सेवा निःशुल्क रुपमा उपलब्ध गराइ दिएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गरेका छन।