काठमाडौं, ९ मंसिर । हामीले खाने खानाबाट प्राप्त हुने र रगतमा पाइने ग्लुकोज शक्तिको स्रोत हो। रगतमा ग्लुकोजको मात्रा अत्यधिक भएमा मधुमेह वा चिनीरोग उत्पन्न हुन्छ।
हाल विश्वमा हरेक ४ परिवारमध्ये १ परिवार र ११ जना वयस्कमध्ये १ जना मधुमेहबाट संक्रमित भएको पाइएको छ। जसमा ९.१ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला संक्रमित रहेका छन् । हालसम्म पत्ता लागेको तथ्याङ्कको ८५ देखि ९० प्रतिशत मधुमेह २ पाइएको छ।
मधुमेहको प्रकार :
जनस्वास्थ्य समस्याका रुपमा रहेका मधुमेह वा चिनीरोग तीन प्रकारका हुन्छन्। मधुमेह १, मधुमेह २, जेस्टेसनल र अन्य मधुमेह। तर मधुमेह १ र मधुमेह २ गम्भीर प्रकारका मधुमेह हुन् ।
मधुमेहको रोकथाम :
– दैनिक शारीरिक व्यायाम गर्ने ।
– बढी भएको तौल घटाउने र उमेरअनुसार तौल बनाउने ।
– स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यचौकी जाने ।
– स्वस्थकर खानपान खाने र चिसो पेय पदार्थ नखाने ।
– सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– ३–३ महिनामा रगतमा ग्लुकोजको मात्रा र रक्तचाप मापन गर्ने ।
मधुमेह भएकाले के खाने :
– कार्बोहाइड्रेट वा चिल्लो कम भएको खानेकुरा खानु पर्दछ ।
– रेसा बढी भएका हरिया तरकारी, सागपात तथा फलफूल आदि खानेकुरा खानु पर्छ।
– सबैजसो फलफूल तथा मौसमअनुसारका फलफूल खानु पर्दछ।
– दूधबाट बनेका खानेकुरा जस्तै दूध, दही, मही, पनिर खानु पर्दछ।
– पेय पदार्थमा उमालेको वा राम्ररी फिल्टर गरेको पानी मात्र पिउनु पर्दछ।
– पशुजन्य खानेकुरामा माछा, रातोमासु खान सकिन्छ।
– सुख्खा फलफूलमा काजु, किसमिस, ओखर, बदाम, फर्सीका बियाँ खानु राम्रो हुन्छ।
मधुमेह भएकाले के नखाने :
– बजारमा पाइने फास्टफुड र तारेका खानेकुरा नखाने ।
– पानीको सट्टा कुनै पनि पेय पदार्थ पिउनु हुँदैन।
– अधिक मसलायुक्त, गरिष्ठ र सजिलै नपच्ने खानेकुरा खानु हुँदैन।
– सूर्तिजन्य र लागू पदार्थ सेवन गर्नु हुँदैन।
– अधिक र हानिकारक मद्यपान गर्नु हुँदैन।
प्रतिक्रिया दिनुहोस्