Banner News

तथ्यमुखी समाचार सृजना गर्दा पत्रकारिता क्षेत्रको गरिमा बढ्ने : मन्त्री पोखरेल



काठमाडौँ, १० मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले कुनै पनि मिडियाले प्रचारमुखी भन्दा तथ्यमूखी समाचार सम्प्रेषण गरेमा पत्रकारिता क्षेत्रको गरिमा बढ्ने बताउनुभएको छ ।

कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्म बुढानिलकण्ठ – ११ को भवन ‘आदिम मिडिया हाउस’को उद्घाटन कार्यक्रममा उहाँले वर्तमान समयमा पत्रकारिता क्षेत्र अनुसन्धान मुलक भन्दा पनि सतही भएको भनाई व्यक्त गर्नुभएको छ । उहाँले नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलज्युले संचार क्षेत्र संवेदनशिल बन्नुपर्ने कुरामा जोड दिनुभएकोछ ।

पछिल्लो समय रास्ट्रपती र उपराष्ट्रपतीको गाडी खरिद सम्बन्धि प्रकरण तर्फ संकेत गर्दै उपप्रधानमन्त्रीले प्रचारमुखी भन्दा तथ्यमुखी समाचार सृजना गर्दा पत्रकारिता क्षेत्रको गरिमा बढ्ने बताउनुभयो । बिमस्टेक बैठकको समयमा एउटा गतिलो गाढी किन्न नसकेको भनेर आलोचना गर्ने मिडियाले अहिले गाढी खरिद गर्न पुरानो प्रक्रिया अगाडी बढाउदा आलोचना गरेको प्रति गुनासो रहेको बताउदै उपप्रधानमन्त्री पोखरेलले संचार क्षेत्रले सत्य तथ्यको खोजमा ध्यान पुर्याउनु पर्ने बताउनुभयो ।

जनताले संचार क्षेत्रलाई धेरै विस्वास गरेको र त्यसलाई सम्मान गर्न संचार क्षेत्रले संवेदनशील बन्नुपर्ने भन्दै उहाले आग्रह वा पूर्वाग्रह राखेर समाचार लेख्नु पत्रकारिता नहुने धारणा राख्नुभयो । नेपालमा प्रतिभा र श्रम पलायनको अवस्था डर लाग्दो रहेको भन्दै उहाले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन नगरे सो समाधान नहुने बताउनुभयो ।

आमसंचार विषयको पठन पाठन गर्दै आएको कलेजको भवन उद्घाटन गर्दै उहाले नेपालमा प्राविधिक शिक्षालय स्थापनाको पहल सरकारले लिईरहेको बताउनुभयो ।