काठमाडौं, १२ मंसिर । चीनका ई-कमर्स कम्पनी अलिबाबाका प्रमुख ज्याक मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको बताईएको छ ।
चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार अनुसार ज्याक मा कम्युनिष्ट पार्टीको सदस्यता लिएकाहरुमध्ये ती १०० जनाको सूचीमा सामेल छन् जसले चीनलाई आर्थिक सुधारको प्रक्रियामा अगाडि बढाउन मद्दत गरेका छन् ।
ज्याक मा चीनका सबैभन्दा धनाड्य व्यक्ति हुन् । धनाड्यहरुको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सका अनुसार उनको सम्पत्ति ३५.८ अर्ब डलर छ ।
ज्याक माले आगामी वर्ष अलिबाबाको अध्यक्ष पद छाड्दैछन् । उनले अब बालबालिकाको शिक्षा र समाज सेवामा संलग्न हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्