काठमाडौं, १२ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुसको पहिलो हप्ताबाट सुरु हुने बताएका छन ।
बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन ।
अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारबाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराएका छन ।










प्रतिक्रिया दिनुहोस्