सम्पादकीय

नेकपाद्वारा प्रदेश कमिटीको एकीकरणलाई पूर्णता



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटीमा प्रस्तावित नामावलीलाई अन्तिम रुप दिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘प्रदेश संगठन कमिटीहरुको नामावलीलाई मापदण्डअनुसार अन्तिम रुप दिइएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जनसंगठनहरुको एकीकरणलगायतका एजेण्डामा अर्को बैठकमा छलफल हुनेछ ।’

प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम पढेर सुनाइएको एक नेताले बताए । वरिष्ठताको मापदण्डअनुसार भए नभएको अन्तिम छलफल गरेर प्रदेश कमिटीको नामावली पारित गरिएको हो ।