समाचार

बस दुर्घटना हुँदा १५ जना घाइते



कपिलवस्तु, १४ मंसिर ।  कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी १५ जना घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।