समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौं, १६ मंसिर । धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा  १ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान थाक्रे गाउँपालिका–६ दशकिलामा बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नारायणकाजी भण्डारीको मृत्यु प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार अर्का १ व्यक्ति घाइते भएका छन भने उनलाई अहिले धार्के अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।