भक्तपुर, १६ मङ्सिर । याकती अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरका अध्यक्ष रामगोपाल चगुठीले भिजिट नेपाल २०२० को सरकारको अवधारणालाई टेवा पुर्यााउन निकत भविष्यमै फुड फेस्टिवल गर्ने बताउनुभएको छ ।
चगुठीको सभापतित्वमा हिजो पर्यटन विकासलाई टेवा पुर्याउने उदेश्यले भक्तपुर नगरपालिका वडा न ३ का १० वटा सहकारी संस्थाको सहभागीतामा होमस्टे सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजकृष्ण गोराले सहकारी संस्थाले कला संस्कृती बचाउन होमस्टे मार्फत भुमिका खेली पर्यटन विकासमा लगानी गर्नु पर्ने जोड दिनुभयो ।
पर्यटन विकासका कार्यक्रममा सहकारीसँग सहकार्य गर्न भक्तपुर पर्यटन विकास समिति सदैव तयार रहेको पर्यटन विकास समिति अध्यक्ष रामसुन्दर भेले प्रष्ट पार्नु भयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुनिल कुमार पाण्डे, होमस्टे प्रशिक्षणका प्रशिक्षक राजकुमार लामिछाने लगाएतले पर्यटन विकास सम्बन्धि धारणा राख्नु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्