काठमाडौं, १६ मंसिर । जलवायु परिवर्तनको २४ औँ सम्मेलन पोल्याण्डमा आज आइतबारदेखि सुरु हुँदैछ ।
सम्मेलनमा नेपालकोतर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी हुनेछ ।
विकास निर्माणसम्बन्धी योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने खालका प्रणालीहरूको स्पष्ट व्यवस्था गर्नुपर्ने र जलवायु परिवर्तनका कारण हिमशिखर र हिमतालहरू पग्लेर नकारात्मक असरहरू देखिन थालेकोबारे नेपालले सम्मेलनमा कुरा उठाउने छ ।
अहिलेसम्मको तथ्यांकअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको भन्दै संयुक्त राष्ट्रसङ्घले बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्वको औसत तापक्रम वृद्धिभन्दा नेपालको ऋतुजन्य तापक्रम द्रुत गतिमा बढ्दो छ । वार्षिक औसत तापक्रम सन् २००० लाई पूर्वाधार रेखा मान्दा सन् २०३० सम्म १।२ सेल्सियसका दरले, सन् २०५० सम्म १।७ सेल्सियसका दरले र सन् २१०० सम्म ३ सेल्सियसका दरले बढ्ने अनुमान प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्