सम्पादकीय

हेटौँडालाई स्थायी राजधानी बनाउन पाँच दलका नेता सहमत



५ वटा प्रदेश संसदीय दलका नेता हेटौँडालाई स्थायी राजधानी बनाउन सहमत भएका छन् । सोमबार बसेको प्रदेश संसदीय दलको संयुक्त बैठकमा मुख्यमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल कांग्रेस नेता इन्द्र बानिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रीता माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता रिना गुरुङ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईं हेटौँडाको पक्षमा सहमत भएका हुन् ।

बैठकमा नयाँ शक्तिको उपस्थिति थिएन भने विवेकशील साझा पार्टीले विमति जनाएको थियो । विवेकशील साझा पार्टीबाट प्रतिनिधित्व गर्ने शोभा शाक्यबाहेक अरू सबै पार्टी नेतृत्वले हेटौैँडा नै उपयुक्त हुने धारणा राखेका छन्,’ राजधानी सम्भाव्यता अध्ययन समितिका सभापति दीपक निरौलाले भने, ‘कुनै राजनीतिक घटनाक्रम नभए हेटौँडा नै स्थायी राजधानी हुने सम्भावना छ ।’ प्रदेश सभा बैठक आगामी ८ पुससम्मका लागि स्थगित भएको छ ।

नेकपाको केन्द्रीय सचिवालय बैठक जारी रहेकाले पार्टीको धारणा बुझ्न प्रदेश सभा बैठक ८ पुससम्म स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।