समाचार

नदिमा मोटरसाइकल खस्दा एकको मृत्यु



पाल्पा, १८ मंसिर । पाल्पाको शिद्धबावा हेडबक्स नजिकै तिनाहु नदीमा खस्दा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहानै बुटवलबाट घर तानसेन मदनपोखरा आउने क्रममा लु ३० प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ–३, हेडबक्स नजिकैबाट तिनाहु नदीमा खस्दा मदनपोखराका–९, का ३८ वर्षका गणेश रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकदेखि १ सय मिटर तल तिनाहु नदीमा खसेका मृतकको शव निकालिसकेको र मोटरसाइकल नदीमा डुबेको प्रहरीले जनाएको छ ।